No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

विषाक्त तुवाँलोले पूर्वी पाकिस्तानमा जनजीवन अस्तव्यस्त

0

पूर्वी पाकिस्तानमा विषाक्त तुवाँलोले हजारौँ मानिसहरूलाई बिरामी पारेपछि त्यहाँका अधिकारीहरूले केही सहरहरू बन्द गराएका छन् । पाकिस्तानको दोस्रो ठूलो सहर लाहोरमा वायु प्रदूषणको स्तर खतराको तहमा पुगेको बताइएको छ ।

पन्जाब प्रदेश सरकारले लाहोरलगायत तीन सहरका विद्यालय, कार्यालय, शपिङ मल र पार्कहरू आगामी आइतबारसम्मका लागि बन्द गराएको छ । यो प्रदेश उही नामको भारतीय राज्यसँग जोडिएको छ ।

विगत केही दिनदेखि लाहोरको वायु गुणस्तर सूचक करिब ४०० अङ्कको आसपास छ। साान्यतया १०० वा त्यसभन्दा कम अङ्कको वायु गुणस्तर सूचकलाई सन्तोषजनक मानिन्छ । यो सहर भारतको अमृतसर सहरसँग जोडिएको छ। अहिले उत्तरी भारत पनि विषाक्त तुवाँलोबाट आक्रान्त छ।

प्रकाशित: २५ कार्तिक २०८०, शनिबार ०३:५६

Leave a Reply