अन्तराष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को परिचालक निकायले सामाजिक न्यायको लागि ग्लोबल गठबन्धनको स्थापनालाई अनुमोदन सहित अन्य थुप्रै महत्वपूर्ण निर्णयहरू गर्दै ३४९ औं सत्रको समापन गरेको छ।
यसको परिचालक निकायले कामको संसारको भविष्यलाई असर गर्ने विषयहरूको विस्तृत दायराको बारेमा पनि छलफल अगाडि बढाएको छ । ग्लोबल गठबन्धनले बढ्दो राजनीतिक प्रतिबद्धताहरू र लगानीहरू निर्माण गर्ने र राष्ट्रिय प्राथमिकताहरूको समर्थनमा सामाजिक न्याय र सभ्य कामको लागि ठोस कार्यहरू बढाउने लक्ष्य राखेको बताइएको छ ।
गठबन्धनले बहुपक्षीय सहयोग र साझेदारीलाई बढाउनेछ र बहुपक्षीय एजेन्डामा सामाजिक न्यायको मान्यताका लागि विशेष गरी सन् २०२४ मा संयुक्त राष्ट्रसंघको भविष्यको शिखर सम्मेलन र २०२५ मा प्रस्तावित संयुक्त राष्ट्रसंघ विश्व सामाजिक शिखर सम्मेलनमा समर्थन जुटाउन महत्वपूर्ण भूमिका खेल्नेछ।