कञ्चनपुरमा श्रीमान-श्रीमती मृत फेला

२६ कार्तिक २०८०, आईतवार ०७:१३

महेन्द्रनगर । कञ्चनपुरको लालझाडी गाउँपालिका–१ बिनबारीमा एक दम्पती आफ्नै घरमा आइतबार मृत फेला परेका छन् । बिनबारीका २६ वर्षीय श्यामकुमार राना र उनकी पत्नी २५ वर्षीया पुष्पा राना घरभित्र झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले राना दम्पती मृत फेला परेको विषयमा प्रहरीले अनुसन्धान थालेको जानकारी दिए ।“घट्नाबारे त्रिभुवनबस्तीबाट प्रहरी टोली पुगेर अनुसन्धान गरिहेको छ” उनले भने, “श्यामका माइती पक्षलाई पनि घटनास्थलमा बोलाएर अनुसन्धान भइरहेको छ ।”