No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

भूकम्प प्रभावितलाई अस्थायी आवास निर्माण गर्न ५० हजार रुपैयाँ दिने सरकारको निर्णय

0

काठमाडौं । सरकारले भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माण गर्न प्रतिपरिवार ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

आइतबार उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितको अस्थायी आवास निर्माणका लागि प्रतिपरिवार ५० हजार रुपैयाँका दरले उपलब्ध गराउने निर्णय गरेको हो ।

उक्त रकम २५/२५ हजार रुपैयाँका दरले दुई किस्तामा उपलब्ध गराइने छ। साथै बझाङ केन्द्रविन्दु बनाई गएको भूकम्पबाट पीडितलाई अस्थायी आवासका लागि प्रतिपरिवार ५० हजार उपलब्ध गराउने यसअघिको गृहमन्त्री स्तरीय निर्णयलाई अनुमोदन समेत गरेको छ ।

बैठकले राहत उपलब्ध गराउन जाजरकोट र रुकुम पश्चिम जिल्लालाई पाँच/पाँच करोड उपलब्ध गराउने कार्यकारी प्रमुख स्तरीय निर्णयको अनुमोदन गरेको छ। साथै जाजरकोट, पश्चिम रुकुम र सल्यानमा प्रमुख जिल्ला अधिकारीले प्रतिकार्यका लागि गर्नसक्ने खर्च र सीमा समेत तोकेको छ ।

भूकम्पका कारण क्षति भएका निजी आवास, सार्वजनिक भवन र संरचनाको प्रवलीकरण, पुनर्निर्माण र पुनर्स्थापना योजना बनाउन विस्तृत क्षति आंकलन–मुल्यांकन जनशक्ति र खर्चबारे समेत बैठकले आवश्यक निर्णय गरेको छ।

प्रकाशित: २६ कार्तिक २०८०, आईतवार ०९:०४

Leave a Reply