प्रत्येक वर्ष १० लाख श्रीलङ्काली दुर्घटनाका कारण अस्पतालमा भर्ना

१५ मंसिर २०८०, शुक्रबार ०१:५५

हरेक वर्ष करिब १० लाख श्रीलङ्काली दुर्घटनाका कारण अस्पतालमा भर्ना हुने गरेको स्वास्थ्यमन्त्री रमेश पाथिरानाले बताएका छन् ।

दैनिक करिब ३० जना श्रीलङ्कालीहरूको दुर्घटनाका कारण मृत्यु हुने गरेको पाइएको छ भने, वार्षिक १२ हजार जनाको सडक र अन्य घरेलु दुर्घटनाका कारण मृत्यु हुने गरेको तथ्याङ्कले देखाएको छ ।

श्रीलङ्काले भविष्यमा सामना गर्नुपर्ने अर्को प्रमुख स्वास्थ्य चुनौती गैर–संक्रामक रोगहरू रहेको पनि पाथिरानाले बताए । उनकाअनुसार ३५ वर्ष मुनिका करिब ३० प्रतिशत मानिस उच्च रक्तचापबाट पीडित छन् भने सोही उमेर समूहका १५ प्रतिशत मधुमेहबाट पीडित छन् ।