गन्यापधुराबाट देउवालाई ओलीको फोनः त्यता सबै ठिक छ नि ?

१५ मंसिर २०८०, शुक्रबार ०३:१८

काठमाडौँ । ‘झुलाघाट–चिवा भञ्ज्याङ मध्यपहाडी सङ्कल्प यात्रा’का क्रममा डडेलधुरा पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले डडेलधुराबाट कांग्रेस सभापति शेरबहादुर देउवासँग टेलिफोन वार्ता गरेका छन् ।

शुक्रबार सामाजिक सञ्जालमार्फत फोन वार्ताको अंश सार्वजनिक गर्दै अध्यक्ष ओलीले डडेलधुरा पुगेपछि देउवाको याद आएर फोन गरेको उल्लेख गरेका छन् । त्यसक्रममा अध्यक्ष ओलीले देउवालाई काठमाडौंको हालखबर सोधेका छन् ।

उनले भनेका छन्, ‘सुन्दर डडेलधुरा !! मेरा मित्र शेरबहादुर देउवाको गृहजिल्ला । यहाँ आएपछि उहाँलाई कल गरौं भन्ने लाग्यो। उहाँले आफू काठमाडौंमा भए पनि डडेल्धुरामा स्वागत छ भन्नु भयो। धन्यवाद शेरबहादुरजी !’