![](https://www.ujyaalonepal.com/wp-content/uploads/2024/01/prachanda-2-1024x683.jpg)
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदनमा प्रभावकारी भूमिका खेल्न आफ्ना पार्टीका सांसदलाई निर्देशन दिएका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा मंगलबार बसेको बैठकमा प्रधानमन्त्रीले पार्टीका सबै सांसदले आफ्नो भूमिकालाई निखारेर लैजानुपर्ने बताएका थिए ।
चालु अधिवेशनमा महत्वपूर्ण कानुन संसदमा पेस गर्ने सरकारले तयारी गरेको जानकारी दिँदै प्रधानमन्त्रीले कानुन निर्माणमा सक्रिय भूमिका खेल्न सांसदहरुलाई आग्रह गरेको माओवादी केन्द्रका सचेतक रुपा जोशी चौधरीले जानकारी जानकारी दिइन् ।
बैठकमा संसदीय मैत्री समूह गठन, आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेट निर्माण, १६औँ आवधिक योजना, संसद्को कार्यतालिका, संसद् र समितिका बैठकबारे पनि छलफल भएको थियो ।