न्यायपरिषदद्वारा उच्च अदालतका तीन र जिल्लाका ९ न्यायाधीशको सरुवा सिफारिस

२३ माघ २०८०, मंगलवार ०८:५६

काठमाडौं । न्यायपरिषद्ले उच्च र जिल्ला न्यायाधीशको काज सरुवाका लागि सिफारिस गरेको छ । मंगलबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको न्यायपरिषद्को बैठकले उच्च अदालतका ३ न्यायाधीशको काज सरुवा तथा जिल्ला अदालतका ९ न्यायाधीशहरूको काज र सरुवा सिफारिस गरेको हो ।