No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

प्रतिनिधिसभाको बैठक बस्दै, दलका नेताले सम्बोधन गर्ने

0

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ । आजको बैठकमा दलीय आधारमा नेताहरुले मन्तव्य राख्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

हिउँदे अधिवेशनको सोमबारदेखि बैठक सुरु भए पनि पहिलो दिन नेताहरूले भनाइ राखेका थिएनन् । आजको बैठकमा सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी ऐनलाई संशोधन गर्ने विधेयक दफावार छलफलसहित पारित गर्ने कार्यसूचीमा रहेको छ ।

यस्तै, संघीय संसदको राष्ट्रिय सभाको बैठक पनि आजै बस्दै छ । बैठकमा राष्ट्रिय सभा नियमावली २०७५ को संशोधन मस्यौदा समितिको प्रतिवेदन २०८० छलफलका लागि प्रस्तुत गरिने छ । यस्तै, अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश २०८० लाई स्वीकृतिका लागि राष्ट्रिय सभालाई प्रस्ताव गर्ने कार्यसूचीमा उल्लेख छ ।

प्रकाशित: २४ माघ २०८०, बुधबार ०२:४५

Leave a Reply