एक लाख घुससहित नापी कार्यालय कलंकीका सर्भेक्षक पक्राउ

२४ माघ २०८०, बुधबार १४:२७

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले सेवाग्राहीबाट लिएको एक लाख रुपैयाँ घुससहित नापी कार्यालय कलंकीका सर्भेक्षकसहित दुई जनालाई बुधबार पक्राउ गरेको छ ।

सेवाग्राहीसँग घुस मागिरहेको भन्ने सूचनाका आधारमा अख्तियारले स्टिङ अपरेसन गर्दा नापी कार्यालय, कलंकीका सर्भेक्षक लक्ष्मी प्रसाद चौलागाई र लेखापढी कर्मचारी नेत्रमणी पोखरेललाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट घुसबापत् लिएको एक लाख रुपैयाँ रकम समेत बरामद गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।