कतार एसियन कपको फाइनलमा

२५ माघ २०८०, बिहीबार ०३:०३

काठमाडौं । घरेलु तथा डिफेन्डिङ च्याम्पियन कतार एएफसी एसियन कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा इरानविरुद्ध ३–२ गोलको पुनरागमन जित दर्ता गर्दै कतारले फाइनलमा स्थान बनाएको हो ।

कतारविरुद्ध इरानले सुरुमै गोल गर्दै अग्रता लिएको थियो । खेलको चौथो मिनेटमा इरानका सरदार अजमुनले गोल गरेका थिए । तर, १७ औं मिनेटमा कतारले बराबरी गर्न सफल भयो । कतारका जसिम गाबरले गोल गर्दै बराबरी गरे ।

४३ औं मिनेटमा अकरम अफिफले गोल गरेपछि कतारले पहिलो हाफका २–१ को अग्रता बनायो । तर, ५१ औं मिनेटमा इरानले अलिरेजाले पेनाल्टीमार्फत गोल गर्दै २–२ को बराबरीमा ल्याएका थिए ।

८२ औं मिनेटमा कतारका अलमोएज अलीले गोल गरेपछि ३–२ को अग्रता लिन सफल भयो । दोस्रो हाफको अतरिक्त तेस्रो मिनेटमा इरानका सोजेब रातो कार्ड पाउँदै मैदान छाड्न अन्तिम केही समय १० खेलाडीमा समेटिएको थियो ।

एएफसी एशियन कपको उपाधिका लागि कतारले जोर्डनसँग खेल्ने छ । जोर्डन दक्षिणा कोरियालाई पराजित गर्दै फाइनलमा पुगेको हो । फाइनल खेल शनिबार हुने छ ।