विलियम्सनद्वारा सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा आफ्नो अभियान अन्त्य गरेको घोषणा

२५ माघ २०८०, बिहीबार ०९:३७

अमेरिकी लेखिका मारिअन विलियम्सनले आफ्नो सन् २०२४ को राष्ट्रपतीय निर्वाचन अभियान अन्त्य गरेकी छन् ।डेमोक्रेट सांसद विलियम्सनले युट्युब भिडियोमार्फत् आफ्नो पछिल्लो धारणा व्यक्त गर्दै भनेकी छन्, “राष्ट्रपतिका लागि मेरो अभियान स्थगित गर्ने समय आएको छ ।”

विलियम्सनको बहिर्गमनसँगै अमेरिकी सांसद डीन फिलिप्स डेमोक्रेटिक पार्टीको तर्फबाट वर्तमान राष्ट्रपति जो बाइडेनका लागि एक मात्र प्रतिद्वन्द्वी बनेका छन् । उनले न्यू ह्याम्पसायर र नेभाडा प्राइमरीमा सहज जित हासिल गरिसकेका छन् ।

अमेरिकाका पूर्वराष्ट्रपति तथा रिपब्लिकन पार्टीका नेता डोनाल्ड ट्रम्पले रिपब्लिकन पार्टीको आयोवा ककस र न्यू ह्याम्पसायरको प्राइमरीमा विजय हासिल गरेका छन् ।

अमेरिकी राष्ट्रपतिको प्राइमरी निर्वाचन जुन महिनासम्म चल्नेछ । डेलिगेट्सले आधिकारिक रूपमा पार्टीको राष्ट्रपति पदका उम्मेदवार चयन गर्ने रिपब्लिकन नेशनल कन्भेन्सन जुलाईमा हुनेछ भने डेमोक्रेटिक नेशनल कन्भेन्सन अगस्टमा हुनेछ ।

दुबै दलबाट निर्वाचित नेता सन् २०२४ नोभेम्बर ५ मा हुने अमेरिकी राष्ट्रपतिको निर्वाचनका लागि योग्य हुनेछन् ।