टीकापुरको सरकारी जग्गा हिनामिना प्रकरणमा २४९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

२५ माघ २०८०, बिहीबार १०:५६

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको टीकापुर बजार क्षेत्रको ३० बिघा सरकारी जग्गा राजनीतिक दलका नेता, आफन्त र दलका कार्यकर्तालाई वितरण गरेको अभियोगमा २४९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

बिहीबार अख्तियारले पञ्चायतकालमा टीकापुर क्षेत्रको ३० बिगाहा जग्गा टीकापुर विकास समितिका पदाधिकारीहरुले मनपरी वितरण गरेको भन्दै पूर्वपदाधिकारीसहित जग्गा खरिद प्रक्रियामा जोडिएका २४९ जनाविरुद्ध मुद्दा दायर गरेको हो । अख्यितारले तीनजना पूर्वअध्यक्षसहित पहिलोपल्ट जग्गा खरिद गर्ने ११० जना र दोस्रोपल्ट खरिद गर्ने १०७ जनालाई प्रतिवादी बनाएको छ ।