No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

क्यानडामाथि नेपालको जित

0

काठमाडौं । क्यानडासँगको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आफ्ना सबै विकट गुमाएर २२४ रन बनाएको थियो ।

जवाफी ब्याटिङ गरेको पाहुना टोली टोली क्यानडाले ४७.५ ओभरमा अलआउट हुँदै २१७ रनमात्र बनाउन सक्यो । नेपालका कप्तान रोहित पौडेलले ४, ललित नारायण राजवंशीले २ तथा सोमपाल कामी, रिजन ढकाल र कुशल मल्लले एक एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि ओपनर कुशल भुर्तेलले अर्धशतकीय पारी खेले । उनले ५८ बलमा ९ चौका र १ छक्का प्रहार गर्दै ६२ रन जोडेका हुन् ।

त्यस्तै, आसिफ शेख र कप्तान रोहितकुमार पौडल समान आठ रनमा आउट भए । भीम सार्की र कुशल मल्ल र सोमपाल कामीले क्रमशः १७, २० र २७ रन बनाए । आरिफ शेखले ३८ रनको योगदान दिए । अन्य खेलाडीले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।

क्याडनाका उदय भगवानले ३ विकेट लिए । इश्वर सोधी र साद विन जाफरले २–२ विकेट झारे ।यससँगै नेपालले शृंखलामा क्यानडाविरुद्ध १–० को अग्रता लिएको छ । शृंखलाको दोस्रो खेल शनिबार कीर्तिपुरमा नै हुनेछ ।

प्रकाशित: २५ माघ २०८०, बिहीबार ११:०६

Leave a Reply