रुसी राष्ट्रपतिका लागि चार जनाको उम्मेदवारी दर्ता

२५ माघ २०८०, बिहीबार १६:४९

रुसमा हुन लागेको राष्ट्रपतीय निर्वाचनमा चार जना उम्मेदवारहरूले नाम दर्ता गराएका छन् । रुसी केन्द्रीय निर्वाचन आयोगका प्रमुख एला पाम्फिलोभाले बिहीबार उमेद्वारी बारे जनाकारी गराएका छन् ।

पाम्फिलोभाले सीईसीको बैठकमा आगामी निर्वाचनमा चार जना उमेद्वार हुने बताए । सीईसीले आगामी चुनावमा राष्ट्रपतिका लागि चार जना उम्मेदवारहरू दर्ता गरेको जनाएको छ । रुसको राष्ट्रपतीय निर्वाचन मार्च १५ देखि १७ सम्म हुनेछ।