मूल्य अभिवृद्धि कर बढेपछि जनवरीमा श्रीलङ्काको राजस्वमा २५ प्रतिशतले वृद्धि

२६ माघ २०८०, शुक्रबार ०२:४३

मूल्य अभिवृद्धि कर बढेपछि जनवरीमा श्रीलङ्काको राजस्व २५ प्रतिशतले बढेको अर्थ राज्यमन्त्री रञ्जित सियाम्बलापिटियाले बताएका छन् । संसदलाई सम्बोधन गर्दै सियामबालापिटियाले जनवरीमा प्रदेशको राजस्व २ खर्ब १९ अर्ब रुपैयाँ अनुमान गरे पनि सरकारले २०२४ माघमा २ सय ७४ अर्ब रुपैयाँ राजस्व सङ्कलन गरेको बताए ।

श्रीलङ्का सरकारले भन्सार विभाग, अन्तःशुल्क विभाग र आन्तरिक राजस्व विभागमार्फत राजस्व सङ्कलन गर्ने गरेको सियाम्बलापिटियाले जानकारी दिए । सन् २०२४ माघमा भन्सार विभागले १सय २१ अर्ब, अन्तःशुल्क विभागले ३९ अर्ब र आन्तरिक राजस्व विभागले एक खर्ब १४ अर्ब रुपैयाँ राजस्व सङ्कलन गरेको पनि उनले बताए ।

राज्यमन्त्रीले राजस्व वृद्धिले अन्ततः देशका सबै जनतालाई फाइदा पुग्ने बताए । उनले जनवरीमा मुद्रास्फीति ६ दशमलव ४ प्रतिशत रहेको र खाद्य मुद्रास्फीति ३ दशमलव ३ प्रतिशत मात्रै रहेको पनि जानकरी दिए । आर्थिक रूपमा टाँट पल्टिन लागेको श्रीलङ्काले पछिल्लो समयमा आर्थिक सुधार गरेको छ ।