No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

६ महिनामा ७६६ औद्योगिक प्रतिष्ठानलाई नापतौलको इजाजत प्रदान

0

 

बागमती । गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जले चालू आर्थिक वर्षको ६ महिनामा सात सय ६६ व्यावसायिक तथा औद्यौगिक प्रतिष्ठानलाई नापतौल यन्त्र सञ्चालनका लगि नयाँ इजाजतपत्र प्रदान गरेको छ ।

कार्यालयका अनुसार मकवानपुर, चितवन, पर्सा, बारा तथा रौतहट जिल्लाका व्यवसायी तथा औद्योगिक प्रतिष्ठानलाई गत साउनदेखि पुस महिनासम्ममा  इजाजतपत्र प्रदान गरेको हो ।

पाँच जिल्ला कार्यक्षेत्र रहेको सो कार्यालयले  ६ महिनाका अवधिमा ३४  व्यवसायीको नापतौल यन्त्रको नवीकरण, दुई हजार पाँच सय १६  व्यवसायीको नापतौल यन्त्रको जाँच तथा नापतौलमा अनियमितता एवं ठगी गर्ने सात सय ८६ व्यवसायीलाई कारबाहीसमेत गरेको छ ।

कार्यालय प्रमुख मनिषकुमार दासले  सो अवधिमा एक सय ५५  पेट्रोलियम पदार्थ बिक्री गर्ने पम्पको जाँच, चार सय ८६ वटा  पम्पको ‘नोजल ’जाँच तथा ६६  वेव्रिजको जाँच गरिएको जानकारी दिए ।

साथै सो अवधिमा दुई सय ८८  ट्याङ्करको हेटौंडामा   जाँच समेत गरिएको थियो । त्यस्तै सो अवधिमा  कार्यालयका कर्मचारीहरुबाट  विभिन्न बजारक्षेत्रको १० स्थानमा  डोर सञ्चालन, एकल अनुगमन २० पटक तथा नौपटक संयुक्त अनुगमन समेत भएको थियो ।  सो कार्यबाट रु ७३ लाख सात हजार आठ सय ५९ राजस्व सङ्कलन भएको कार्यालयका सूचना अधिकारी  सञ्जीव ठाकुरले जानकारी दिए ।

 

 

प्रकाशित: २६ माघ २०८०, शुक्रबार ०३:३१

Leave a Reply