‘कसम तोड्ने भा’ मा ‘मुन्नी’को अभिनय

२६ माघ २०८०, शुक्रबार ०७:०५

काठमाडौं । बादल घिमिरेले नयाँ गीत ‘कसम तोड्ने भा’ सार्वजनिक गरेका छन् । रामजी खाँण र मेलिना राईको स्वर रहेको गीत युट्युबमार्फत सार्वजजिक गरिएको हो । गीतको भिडियोमा बादल घिमिरे र प्रियाना आचार्य ‘मुन्नी’को अभिनय छ ।

यसमा रेखा खरेलको शब्द, बादलकै संगीत, विशाल निरौलाको संगीत संयोजन छ । प्रेम विरहको गीतमा विशाल घिमिरेको कथा एवं निर्देशन छ । नवराज उप्रेतीको छायाँकन रहेको भिडियोमा पदम सुवेदीले सम्पादन, मिलन विश्वकर्माले कलर ग्रेडिङको काम गरेका हुन् ।