No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

फिलिपिन्समा पहिरोमा बेपीत्ता भएकी बालिकाको ६० घण्टापछि सकुसल उद्धार

0

फिलिपिन्सको दक्षिणी क्षेत्रमा सुन खानीमा पहिरो जाँदा पुरिएको गाउँबाट करिब ६० घण्टापछि शुक्रबार एक बालिकालाई उद्धार गरिएको छ । वर्षाका कारण आएको पहिरोमा परी कम्तीमा १५ जनाको मृत्यु भएपछि बेपत्ता भएका १०० जनामध्ये उद्धार गरिएकी बालिकाको उमेर खुलाइएको छैन ।

दक्षिणी मिन्डानाओ टापुको मसारा गाउँमा उद्धारकर्मीहरूले आफ्नो खाली हात र बेल्चाप्रयोग गरेर बाँचेकाहरूको खोजी गरिरहेको अवस्थामा उनी फेला परेको डाभाओ डी ओरो प्रान्तका विपद् निकायका अधिकारी एडवर्ड म्याकापिलीले बताए । “यो एक चमत्कार हो”, मकापिलीले भने, “यसले उद्धारकर्ताहरूलाई आशा जगाएको छ । बच्चाको लचिलोपन सामान्यतया वयस्कहरूको तुलनामा कम हुन्छ, तैपनि बच्चा बाँचेको छ ।”

खोजीकर्ताहरूले हराएका बाँकी व्यक्तिहरू जीवित भेटिने आशा निकै कम रहेको बताएका छन् । एक उद्धारकर्मीले रोइरहेको, माटोले पोतिएको बच्चालाई काखमा लिएर गएको भिडियो फेसबुकमा शेयर गरिएको छ ।

म्याकापिलीले भने, “सामाजिक सञ्जालको पोस्टमा बच्चालाई कुनै पनि चोटपटक नलागेको अवस्थामा देखिन्छ ।” बालिकालाई स्वास्थ्य परीक्षणका लागि लैजानुअघि उनका पिताले बच्चालाई भेटेको स्थानीय सञ्चारमाध्यमले अधिकारीहरूलाई उदृत गरी उल्लेख गरेका छन् ।

मङ्गलबार राति आएको पहिरोले घरहरू भत्कनुका साथै सुनखानीबाट कामदार लिन पर्खिरहेका तीन वटा बस र जीपसमेत जलेका थिए । घटनामा कम्तीमा १५ जनाको मृत्यु हुनुका साथै ३१ जना घाइते भएका छन् भने एक सयभन्दा बढी अझै हराइरहेका सरकारी अधिकारीहरूले बताएका छन् ।

शुक्रबार यस क्षेत्रमा वर्षा भएपछि खोजीकर्ताहरूले समय र मौसमसँग जुध्दै बाक्लो हिलोमा अरू कोही पनि जीवित फेला पार्ने आशामा उद्धारलाई निरन्तरता दिइरहेका छन् ।

प्रकाशित: २६ माघ २०८०, शुक्रबार ०९:२६

Leave a Reply