No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

राष्ट्रपतिद्वारा क्यानडा र पोर्चुगलका लागि राजदूत नियुक्त

0

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले क्यानडा र पोर्चुगलका लागि राजदूत नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले संविधानको धारण २८२ को उपधारा १ बमोजिम क्यानडाका लागि भरतराज पौडेल र पोर्चुगलका लागि सनिल नेपाललाई राजदूत नियुक्त गरेका हुन् ।

मन्त्रिपरिषद्को सिफारिसअनुसार यसअघि नै उनीहरूको संसदीय सुनुवाइको प्रक्रिया पूरा भइसकेको थियो । क्यानडाका लागि नियुक्त भएका राजदूत पौड्याल निवर्तमान परराष्ट्र सचिव हुन् ।

प्रकाशित: २६ माघ २०८०, शुक्रबार १०:५८

Leave a Reply