कोशी प्रदेशको मन्त्रिपरिषद विस्तार

२६ माघ २०८०, शुक्रबार १२:०८

विराटनगर । कोशीका मुख्यमन्त्री केदार कार्कीले दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । शुक्रबार मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषद विस्तार गरेका हुन् ।

स्वास्थ्य मन्त्रीमा कांग्रेसका प्रदीप सनुवार, सामाजिक विकास मन्त्रीमा नेकपा माओवादी केन्द्रका राजेन्द्र कार्की, उद्योग, कृषि तथा सहकारीमन्त्रीमा कांग्रेसका रामकुमार खत्री र खानेपानी, सिंचाइ तथा ऊर्जामन्त्रीमा माओवादीका नारायणबहादुर बुर्जा मगरलाई मुख्यमन्त्री कार्कीले नियुक्त गरेका हुन् । उनले दुई जना कांग्रेसका सांसदलाई राज्यमन्त्रीसमेत नियुक्त गरेका छन् ।

आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा इन्दिरा थापा र आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीमा सुनिताकुमारी गुरूङ नियुक्त भएका हुन् । ६ जना थपिएपछि मन्त्रीपरिषद् १० सदस्यीय भएको छ ।