चाइना स्टेट कन्स्ष्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशनसँग वाइसिएलले राख्यो पाँच बुँदे माग

२० फाल्गुन २०८०, आईतवार ०२:५७

पाल्पा । योङ्ग कम्युनिस्ट लिग(वाइसिएल) पाल्पाले सिद्धबाबा क्षेत्र दुर्घटना न्युनिकरण, वातावरण प्रदूषण र आम नागरिकको स्वास्थ्य अधिकारको सुनिश्चित हुने गरी काम अगाडि बढाउन सुरुङ्गमार्ग निर्माण कम्पनी चाइना स्टेट कन्ट्रङ्गक्सन इन्जिनियरिङ कर्पोरेशनका सूचना अधिकृत महेन्द्र पौडेलमार्फत ध्यानाकर्षण पत्र बुझाएको छ ।

पाल्पाको तिनाउ गाउँपालिकाको तल्लो सिद्धबाबादेखि दोभान बजारसम्म यों सडक एकदमै जोखिमपूर्ण रहेकों छ । हरेक वर्ष जस्तो पहिरों र गाडी दुर्घटनाले मानवीय क्षति बेहोर्नुपरेको छ । वाइसिएल् पाल्पाका संयोजक कमल श्रेष्ठका अनुसार यस क्षेत्रमा दैनिक हजारौंकÞों संख्यामा सवारी साधन गुड़ने भएको हूदाँ दूर्घटनाकों जोखिम रहेकोले न्यूनीकरण सबै पक्षले चासो दिनुपर्ने छ ।

वाइसिएल पाल्पाका जिल्ला इन्चार्ज धनेन्द्र घिमिरेले दोभान बजारदेखि तल्लो सिद्धबाबासम्म सड़कमा उड्ने धुलो नियन्त्रण र खाल्डा खुल्डी पुनुपर्ने र दोभान बजार आसपांस शौचालय निर्माण गर्नुपर्ने बताउनभुयो । यस क्षेत्रमा सूरुङ्गमार्ग निर्माण भइरहेकोले सवारीसाधन आवगमन रोकिने हुँदा शौचालयको उचित रुपमा व्यवस्थापन गर्नुपर्ने जनाइएको छ ।

दोभान बजारदेखि तललो सिद्धबाबासम्म सडक सुरक्षा र आयोजना स्थल सुरक्षाकों निम्ति सडक बती जडान गर्नुपर्ने, स्थानीयबासीहरुलाई स्वच्छ वातावरणमा बाच्न पाउने अधिकार, स्थानीय बासिन्दालें रोजगारी र व्यापार व्यवसायमा गर्ने अधिकार पाउनुपर्ने लगायतका माग सहित ध्यानार्कषण पत्र बुझाइएको संयोजक श्रेष्ठले बताए ।