नापीका सर्भेक्षक चौलागाई र लेखापढी व्यवसायी पोखरेलविरुद्ध भ्रष्टाचार मुद्दा

२० फाल्गुन २०८०, आईतवार १२:००

काठमाडौं । नापी कार्यालय कलंकीका सर्भेक्षक लक्ष्मीप्रसाद चौलागाईं र लेखापढी व्यवसायी नेत्रबहादुर पोखरेलविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आइतबार उनीहरूविरूद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

जग्गा कित्ताकाट गरी पुर्जा उपलब्ध गराउन सेवाग्राहीसँग घुस माग गरेको सूचनाका आधारमा अख्तियारले उनीहरूलाई एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको थियो ।

अनुसन्धानबाट उनीहरूले सेवाग्राहीबाट घुस लिएको र त्यसमध्ये सर्भेक्षक चौलागाईं र लेखापढी पोखरेलले ५०/५० हजार रुपैयाँ लिएको देखिएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।