उत्तर अब नेपाली मिडियाका स्वघोषित मठाधिशहरुले दिनै पर्छ

६ चैत्र २०८०, मंगलवार १८:०५

ज्ञान बहादुर क्षेत्री ।

उनी दोषी देखिएको अहिलेसम्म कुनै सरकारी अनुसन्धान प्रतिवेदनहरु बनेका छैन्न, आएका छैन्न । कुनै पनि प्रकरणमा उनको संलग्नता प्रहरी, प्रसासन वा कुनै पनि छानबिन आयोगले अहिलेसम्म पुष्टि गरेको छैन ।
जब कुनै पनि घटना, प्रकरणमा उनी सामेल भएका प्रमाणित आधारहरु नै छैन्न भने किन उनको नामलाई बदनाम गरिन्छ ? अमुक सूत्रहरुको हवाला दिएर मौसम, बेमौसम उनको तेजोबध गरिन्छ ? मिडिया ट्रयाल गराउदै उनको व्यक्तित्वमाथि किन लगातार आक्रमण गरिन्छ ? बार्गेनिंगका लागि मिडियाहरु उनी विरुद्ध संगठित, सुनियोजित र योजनावद्ध रुपमा बदनाम गराउने खेतीमा किन र कहिलेसम्म लागिरहने ?
यी र यस्तै धेरै प्रश्नहरुको उत्तर अब नेपाली मिडियाका स्वघोषित मठाधिशहरुले दिनै पर्छ । कल्पना, आशंका वा प्रतिशोधको जग र जमिनमा उभिएर कुनै पनि राष्ट्रिय उद्यमीको मानमर्दन गरिरहने छुट कुनै पनि मिडियालाई अब हुनुहुदैन । पत्रकारिता वा चौथो अंगको बर्को ओढेर प्रायोजित रुपमा स्वदेशी उद्यमीहरुको चिरहरण गर्ने दुक्ष्साहस अब पनि मिडिया स्टन्टका रुपमा जारी रहन्छ भने निश्चित रुपमा त्यो, अब प्रतिवादको विषय बन्छ, बन्नुपर्छ ।
संसारलाई थाहा छ, नेपालका एक स्थापित उद्यमी, व्यवसायी हुन, दीपक मलहोत्रा । मलहोत्रा पछिल्ला दशकमा हाउजिंग व्यवसायका पायोनियर पर्सनालिटी बनिरहेका छन । उनले आधुनिक र व्यवस्थित शहरका लागि मेहनेत गरिरहेका छन । उनले कोरियन कम्पनिका उत्पादनहरु नेपाल भित्र्याएर मोवाईल र टेलिभिजनको दुनियाँमा तहल्का मच्चाएकै हुन । देशका प्रमुख शहरहरुमा उनको हाउजिंगले आम जनसाधारण श्रमिकदेखि सरोकारवाला सबैलाई लाभान्वित बनाईरहेका छन ।
नेपालमै रहेर नेपालमै उद्यम, व्यवसाय र ईलम गर्ने वातावरणका लागि जुनीभरको आफ्नो सोच, सम्पति, सृजना र शक्ति खर्च गरिहेका मलहोत्राको मानमर्दन र उनलाई सधै नकारात्मक पात्रका रुपमा चित्रित गराउने खास मिडियाको भेषधारी गिरोह विरुद्ध अब जेहादी छाड्ने बेला भैसकेको छ । किन भने उनलाई एकोहोरो खेद्ने, खेदिरहने, खुईल्याउने र खुईल्याईरहने केही मिडिया मठाधिशहरुको पनि अब अप्रेसन गर्ने बेला आईसकेको छ ।
मुलतः जब जब नेपालमा सुन तस्करीको प्रकरण सतहमा आउँछ, केही मिडियाहरु जर्बजस्ती उनको नाम जोडेर कथित स्कुप न्यूजको नक्कली खेती गर्न थाल्छन । पत्रकारिताको सामान्य सिद्धान्तसम्म भुलेर आफैं प्रहरी, प्रसासन र अदालत बनेर मिडियाहरु मलहोत्राको तेजोवध गर्न नाँगो रुपमा लाग्छन । आखिर किन ? मलहोत्राबाट नाजायज फाईदा लिनका लागि हैन र ? बिना आधार, प्रमाण मलहोत्रालाई कुनै पनि घटनामा जोडेर दुष्प्रचार गर्ने कथित मिडियाहरुको पनि पर्दाभित्रका धन्दाहरुबारे खोजीनीति र सार्वजनीकीकरण अब सुरु गर्नु पर्ने पो भएको हो की ? बहस हुनु आवश्यक छ ।
सांगठानिक रुपमा दीपक मलहोत्रा नेपाल चेम्वर्स अफ कर्मशका उपाध्यक्ष हुन । उनी नेपाली उद्यमी, व्यवसायीको हक, हित संरक्षका लागि चेम्वर मार्फत नै सक्रिय छन । उनी मुलत नेतृत्वमा पुगेर आम उद्यमी, व्यवसायिको हितका खातिर लाग्न प्रयाशरत छन । उनले अमुक दलका झण्डा बोकेर कालोलाई सेतो र सेतोलाई कालो भनेका छैन्न । उनले त उद्यमी, व्यवसायीको दीगो हितका लागि आफ्नो र संगठनको शक्ति लगाईरहेका छन । त्यसैले अब उनलाई एकोहोरो प्रहार मात्र गरिरहनु भनेको उनको काँधमा राखेर देश र जनता विरुद्ध नै गद्धारी गर्नु नै हो ।
कुनै जमानामा सामान्य रुपमा सुनको कारोवार, व्यापार गरेर लामो समयदेखि त्यो चटक्कै छाडेर हाउजिंग लगायतका व्यवसायमा जमेर अघि बढेका उनले कति नेपालीलाई रोजगारी दिएका छन ? उनले सृजना गरेका प्रत्यक्ष, परोक्ष रोजगारीले कति नागरिकको चुलो बलेको छ ? उनले सरकारलाई कति राजस्वा बुझाउँछन ? उनले देखिने गरी देश र जनताको पक्षमा गरेको योगदानको किन कहिल्यै समाचार बन्दैन ? अब उनका योगदानहरुलाई छोपेर, दबाएर, लुकाएर उनलाई सधै खेदिरहने हो भने यसले नेपालको उद्यम, व्यवसाय क्षेत्रमा कस्तो स्थिति ल्याउँछ ? त्यसले सम्वृद नेपाल, सुखी नेपालीको आकाँक्षा पुरा गराउन कति वाधा पार्छ ? यस्ता प्रश्नहरुमा उनी विरुद्ध खनिने मिडियाहरुले ठण्डा दिमागले सोच्नु पर्दैन ? बहस यो कोणबाट पनि हुन जरुरी छ नी छैन र ?
चिन्ता यहाँ कोही किन मर्यो भन्ने भन्दा पनि काल पल्कियो भन्ने नै हो । देशमा रोजगारी बढाउने, उद्योगधनदा र व्यवसायी चलाउनेहरुलाई सधै हतोत्साही गराउनेहरुले नै नेपाललाई युवाबिहिन देश, वृद्धाश्रम बनाउने आत्माघाती कदम चालिरहेका छन । उनीहरुले क्षणीक र संकीर्ण स्वार्थका लागि देश र जनताका दीगो हित विरुद्ध नै प्रहार गरिहेका छन । त्यसैले आरोपका लागि आरोप, प्रतिरोधका लागि आरोप, बार्गेनिंगका लागि आरोप वा लाभका लागि आरोप लगाउने प्रवृत्तिमा अब क्रमभंगता आवश्यक छ नै छ । किन भने सूचना प्रविधिको यो युगमा अ बगोयवल्स शैलीका आधारहिन कुप्रचारहरुको औचित्य छैन ।
अब मिडियाले नागरिकको विश्वास थप नगुमाउने हो भने यस्ता गलत प्रवृत्तिहरुको भण्डाफोर गर्न वैकल्पिक मिडिया अग्रसर हुन्छन र हुनुपर्छ । जनता र देशको हितमा दिनरात लागिरहेका व्यवसायीहरुको पक्षमा अब बोल्न र समर्थन गर्न कोही कसैले ढिलो गर्नु हुदैहुदैन ।