लुम्बिनी प्रदेशका मुख्यमन्त्री महरालाई विश्वासको मत प्राप्त

३० चैत्र २०८०, शुक्रबार १०:२०

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले प्रदेश सभामा विश्वासको मत पाएका छन् । शुक्रबार प्रदेशसभामा मुख्यमन्त्री महराले विश्वासको मत पाएका हुन् ।

८६ सदस्यीय प्रदेश सभामा उनले ४८ मत पाएका छन् । मुख्यमन्त्री महरालाई एमालेका २९, माओवादीका १०, नागरिक उन्मुक्ति पार्टीका ४, जसपाका ३, एकीकृत समाजवादीका १ र स्वतन्त्र सांसद १ गरी ४८ जना प्रदेशसभा सदस्यले विश्वासको मत दिएका छन् ।

विपक्षमा कांग्रेसका २७ र जनमोर्चाका १ सांसदले मत दिएका थिए । ८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ प्रदेशसभा सदस्य आवश्यक पर्छ ।