भूमि आयोग गठन नगर्न सर्वोच्चको आदेश

३० चैत्र २०८०, शुक्रबार १२:२३

काठमाडौं । सर्वोच्च अदालतले भूमि आयोग गठन नगर्न सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ । शुक्रबार न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र विनोद शर्माको इजलासले यस्तो आदेश दिएको हो ।

सर्वोच्चले यसअघि एकल इजलासबाट अल्पकालीन अन्तरिम आदेश जारी भएको भन्दै उक्त विवादमा मुद्दाको फैसला नभएसम्म अन्तरिम आदेश जारी हुने भनेको छ । यसअघि भूमि आयोग खारेज विरूद्ध परेको रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

दार्चुला महाकाली नगरपालिकाको वडा नं. ७ घर भई राष्ट्रिय भूमि आयोगको सदस्य पदमा मनोनित भई कार्यरत रहेको अवस्थामा स्वेच्छाचारी रुपमा आयोग विघटन गरी पदमुक्त गरिएका गोवर्धन ओलीसमेत दायर गरेको रिटमा सर्वोच्चले शुक्रबार अन्तरिम आदेश जारी गरेको हो।