No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

दुई समूहबीच विवाद भएपछि विराटनगरको रानी क्षेत्रमा तनाव

0

विराटनगर । विराटनगरमा बुधबार दिउँसो दुई समुदायबीच दोहोरो झडप भएको छ। झडपका कारण विराटनगरको रानी क्षेत्र तनावग्रस्त बनेको छ।

रामनवमीको अवसरमा निकालिएको र्याली अर्को समुदायको बस्तीमा पुगेपछि तनाव भएको हो । विराटनगर बजार परिक्रमा गरी र्याली रामजानकी मन्दिरनजिक पुगेर कोणसभामा परिणत हुने कार्यक्रम थियो।

तर, रानी रोड, हनुमान मन्दिर, आइसीपी रोड, छाला फयाक्ट्री र मण्टा पोखरी हुँदै र्याली अर्को समुदायको बस्तीमा पुगेपछि तनाव सुरु भएको हो । मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार रामजानकी मन्दिर निस्कने क्रममा विराटनगर–१५ र १७ स्थित बस्तीमा पुगेपछि र्यालीलाई अवरोध गरिएको थियो ।

दुई समुदाय झडपमा उत्रिएपछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर स्थितिलाई नियन्त्रणमा लिने प्रयास भइरहेको प्रजिअ भट्टराईले बताए। उनका अनुसार स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास, लाट्ठी चार्ज र हवाई फायर गर्नु परेको छ।

प्रकाशित: ५ बैशाख २०८१, बुधबार १२:१३

Leave a Reply