No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

चक्रवातका कारण केन्यामा दुई सय भन्दाबढीको मृत्यु

0

 

तान्जानियाले शनिबार आएको चक्रवातले आफ्नो शक्ति गुमाएको र अब देशका लागि खतरा नरहेको बताएको छ । ‘उष्णकटिबंधीय चक्रवात हिदाया’ ले तान्जानिया र छिमेकी केन्यातर्फ बढ्दै भारी वर्षा र हावा चलाएको थियो । तान्जानिया पहिले नै मूसलधारे वर्षा र बाढीले ग्रस्त छ । भारी वर्षा र बाढीका कारण पूर्वी अफ्रिकामा हालैका हप्ताहरूमा चार सय भन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ ।

सामाजिक सञ्जाल एक्समा प्रकाशित विज्ञप्तिमा तान्जानिया मौसम विज्ञान प्राधिकरणले हिदायाले शनिबार हिन्द महासागरको माफिया टापुमा गएपछि पूर्णरूपमा आफ्नो शक्ति गुमाएको बताएको छ । “त्यसैले हाम्रो देशमा चक्रवात हिदायाबाट कुनै खतरा छैन”, प्राधिकरणले भनेको छ ।

मुलुक चक्रवातका लागि तयार भएकाले हिन्द महासागरको तटमा समुद्री तटहरू सुनसान रहेको, पसलहरू बन्द रहेको र जन्जीबार द्वीपसमूहमा समुद्री यातायात निलम्बन गरिएको थियो । यो नजिक आउँदा चक्रवातले तटीय क्षेत्रमा सामान्यभन्दा धेरै भारी वर्षा गरेको तर कुनै मानवीय वा क्षति भने भएको छैन ।

तान्जानियामा गत महिना एल निनो मौसमको ढाँचासँग जोडिएको सामान्यभन्दा भारी मुसलधारे वर्षाका कारण बाढी र पहिरोमा परी कम्तीमा एक सय ५५ जनाको मृत्यु भएको छ । चक्रवातका लागि सावधानी अपनाएको छिमेकी केन्यामा पनि बाढीका कारण दुई सय १० जनाको मृत्यु भएको छ ।

प्रकाशित: २४ बैशाख २०८१, सोमबार ०३:४१

Leave a Reply