बागमती प्रदेश सरकारले आजबाट तामाङ र नेपाल भाषा पनि सरकारी कामकाजको भाषाको रुपमा प्रयोगमा

२४ बैशाख २०८१, सोमबार ०४:५४

काठमाडौं । बागमती प्रदेश सरकारले आजबाट तामाङ र नेपाल भाषा पनि सरकारी कामकाजको भाषाको रुपमा प्रयोगमा ल्याएको छ । यसै सन्र्दभमा बागमती प्रदेश सरकारले सार्वजनिक विदा दिएको छ ।
यहि वैशाख १२ गते बसेको मन्त्रिपरिषद बैठकले नेपाली भाषा, तामाङ भाषा र नेपाल भाषामा सरकारी कार्यलयका बोर्ड लेख्नुपर्ने निर्णय गरेको थियो ।
२४ वैशाखमा सरकारी कामकाजको भाषा शुभारम्भ गर्ने निर्णय समेत मन्त्रिपरिषद् बैठकले गरेको थियो । सोहि निर्णय अनुसार प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौंको बसन्तपुरबाट भाषा शुभारम्भको कार्यक्रम भैरहेको छ ।