No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

एकीकृत समाजवादीले बोलायो संसदीय दलको बैठक

0

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले संसदीय दलको बैठक बोलाएको छ । पार्टी अध्यक्ष माधव कुमार नेपालले पार्टीको आज दिउँसो बस्ने गरी संसदीय दलको बैठक बोलाएका हुन् ।

जनता समाजवादी पार्टी नेपाल विभाजन भएलगत्तै नेपालले संसदीय दलको बैठक बोलाएका हुन् । पार्टीभित्र असन्तुष्टि बढिरहेको खबर आइरहेका बेला नेपालले संसदीय दलको बैठक बोलाएका हुन् ।

माधव नेपाल तथा उपेन्द्र यादव वर्तमान गठबन्धनप्रति असन्तुष्ट रहँदै आएका थिए । नेपाली कांग्रेसले यो गठबन्धनको विकल्प खोज्न गरेका प्रयासहरूलाई नेपाल र यादव दुवैको सदासयता रहेको बताइएको थियो ।

यस्तो परिस्थितिमा जसपा विभाजन भएको हो । नेकपा एकीकृत समाजवादी पनि यो गठबन्धनमा रहने कि यसबाट बाहिरिने भन्नेमा दुई मत देखिन्छ । माधव नेपाललगायतका नेताहरू यसबाट बाहिरिनुपर्ने पक्षमा छन् भने झलनाथ खनालसहितका नेताहरू यही गठबन्धनको पक्षमा रहेका छन् ।

प्रकाशित: २४ बैशाख २०८१, सोमबार ०५:१५

Leave a Reply