No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

उपनिवार्चनको परिणाम मिसन ८४ को सफलताको सुरुवातः अध्यक्ष ओली

0

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ८४ सालमा एमाले निर्णायक शक्ति बन्ने दाबी गरेका छन् । उपनिर्वाचनको परिणामले मिसन ८४ को सफलताको सुरुवात भइसकेको उनले बताएका छन् ।

सोमबार पार्टी कार्यालय च्यासलमा सिद्धिनाथ ज्ञवाली स्मृति ग्रन्थ विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उपनिवार्चनको परिणाम मिसन ८४ को सफलताको सुरुवात भएको बताए ।

राष्ट्रिय शक्तिको रुपमा रहेको एमाले ८४ पछि निर्णायक शक्ति बन्ने दाबी उनले गरे । बहुमतविना नै मन्त्री बन्ने प्रवृत्ति हाबी भएको भन्दै उनले त्यसप्रति टिप्पणी पनि गरे ।

उनले भने,‘अहिले त समय कस्तोसम्म आएको छ भने हाहाहुँहुँ गरेको भरमा जनप्रतिनिधि छानिन्छन् । हाहाहुँहुँ भएकै भरमा मन्त्री बन्छन् । बहुमत कसैको छैन, यसलाई मिलाउन कि त्यसलाई गर्दा को मन्त्री को पर्छ को पर्दैन ।’

उनले थोरै सांसद जिते पनि सरकारका प्रभावशाली भागवण्डा खोज्ने प्रवृत्ति बढेको बताए । अध्यक्ष ओलीले कुनै पनि प्रकृतिका राजनीतिक प्रवृत्तिहरुबाट प्रभावित नभइ एमाले आफ्नो उद्देश्यतर्फ सक्रियतापूर्वक अगाडि बढ्ने बताए ।

प्रकाशित: २४ बैशाख २०८१, सोमबार ११:३८

Leave a Reply