रामेछापको मन्थली नगरपालिका वडा नम्बर १३ फुलासी स्थित आरुबोटेमा मोटरसाइकल दुर्घटना

२५ बैशाख २०८१, मंगलवार ०३:४७

वैशाख २५ ,
रामेछापको मन्थली नगरपालिका वडा नम्बर १३ फुलासी स्थित आरुबोटेमा मोटरसाइकल दुर्घटना भएको छ । ब्रेक फेल भएको दुर्घटनामा तीन जना स्वास्थ्यकर्मी घाइते भएका छन् । घाइते सबै जना दोलखाको मेलुङ्ग गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मी हुन् ।
घाइते हुनेमा मोटरसाइकलका चालक सर्लाहीको गोठेटा नगरपालिका वडा नं २ वेलुवाजदी घर भई दोलखाको मेलुङ्ग गाउँपालिका वडा नं ६ को स्वास्थ्य चौकी इन्चार्ज २५ वर्षीय हरेन्द्र बैठा रहेका छन् । त्यस्तै गुल्मी घर भई दोलखाको मेलुङ्ग गाउँपालिका वडा नं २ को स्वास्थ्य चौकी इन्चार्ज २१ वर्षीय मनिष पन्थी र सर्लाहीको बरखवा नगरपालिका वडा नं १५ टिपरभित्ता घर भई मेलुङ्ग गाउँपालिका वडा नं १ को स्वास्थ्य चौकी इन्चार्ज २४ वर्षीय उजित ठाकुर रहेका छन् । घाइते तीनै जनाको तत्काल उद्दार गरी दोलखा किर्नेटार स्थित धुलिखेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।