श्रीलङ्काले मेको अन्त्यमा पहिलो ‘आइओआरए व्यापार सम्मेलन’ आयोजना गर्ने

२ जेष्ठ २०८१, बुधबार १२:५७

 

श्रीलङ्काले मे २८ देखि २९ सम्म इन्डियन ओशन रिम एसोसिएसन (आइओआरए) व्यापार मञ्चको अध्यक्षतामा पहिलो व्यापार सम्मेलन आयोजना गर्ने विदेश मन्त्रालयले बुधबार  विज्ञप्तिमार्फत बताएको छ ।

उक्त सम्मेलन सिलोन चेम्बर अफ कमर्ससँगको सहकार्यमा हुने मन्त्रालयले जनाएको छ । ‘सस्टेनिङ ग्रोथ–ब्रिजिङ होराइजन्स’ नामक बिजनेश कन्क्लेभले स्मार्ट कृषि, सूचना तथा सञ्चार प्रविधि (आइसिटी), रसद, पर्यटन, नवीकरणीय ऊर्जा, साना तथा मझौला उद्यम (एसएमई) विकास र महिला सशक्तीकरणका क्षेत्रमा केन्द्रित हुने बताएको छ ।

मन्त्रालयले यो कार्यक्रममा उद्योगका नेताहरूलाई आइओआरएका सदस्य राष्ट्रहरूमा बलियो आर्थिक साझेदारी र जडानहरू स्थापना गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरेको छ ।

सम्मेलनमा सहभागीहरूले २३ आइओआरए देश र १२ संवाद साझेदार देशका आफ्ना समकक्षीहरूसँग तालमेल निर्माण गर्न विविध व्यापार र लगानीको सम्भावनाहरूमा बढी एक्सपोजर प्राप्त गर्ने अपेक्षा गरिएको छ । यसको प्रतिनिधित्व व्यापार प्रतिनिधिमण्डलले गर्ने मन्त्रालयले बताएको छ ।