नेपाल क्रिकेट संघद्वारा सन्दीपको निलम्बन फुकुवा

२ जेष्ठ २०८१, बुधबार १३:१६

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको छ । उच्च अदालतबाट सफाइ पाएसँगै क्यानले सन्दीपको निलम्बन फुकुवा गरेको हो ।

क्यानको विज्ञप्तिमा भनिएको छ, ‘सम्मानित उच्च अदालत पाटनको मिति २०८० जेठ २ को फैसला बमोजिम नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा निर्दोष रहेको भनी फैसला आएको हुँदा सन्दीप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन फुकुवा गरिएको जानकारी गराउँदछौं ।’