पेट्रोलको ७ तथा डिजेल र मट्टितेलको लिटरमा ५ रुपैयाँ मूल्य घट्यो

२ जेष्ठ २०८१, बुधबार १४:३०

काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेसनबाट बुधबार प्राप्त नयाँ खरिद मूल्यअनुसार नेपालमा पेट्रोलमा ७ र डिजेल/मट्टितेल लिटरमा ५ रुपैयाँ घटाइएको हो ।

अब पेट्रोल उपत्यकामा १७१ र डिजेल÷मट्टितेल लिटरको १५४ रुपैयाँ पर्ने निगमका प्रवक्ता मनोज ठाकुरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।