सात सदस्यीय ‘सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समिति’ गठन

१५ जेष्ठ २०८१, मंगलवार १२:४६

काठमाडौं । सहकारी ठगीको छानबिन गर्न संसदीय छानबिन विशेष समिति गठन गरिएको छ । नेकपा एमालेका सांसद सूर्य थापाको संयोजकत्वमा सात सदस्यीय ‘सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समिति’ गठन गरिएको हो ।

समितिमा नेपाली कांग्रेसबाट सांसद इश्वरीदेवी न्यौपाने र बद्री पाण्डे, एमालेबाट संयोजक थापासहित सरिता भुसाल, राप्रपाबाट ध्रुवबहादुर प्रधान, माओवादीबाट लेखनाथ दाहाल र रास्वपाबाट शिशिर खनाल रहेका छन् ।

नेपाली कांग्रेसलगायतका विपक्षी दलले सहकारीको रकम हिनामिना भएको भन्दै लामो समयदेखि छानबिन समिति गठनको माग गर्दै आएको थियो । कार्यदलले तयार गरेको समितिको चार बुँदे कार्यादेशमा सहकारी संस्थाहरूमा देखिएको सङ्कट तथा यससँग जोडिएको कानुनी र संस्थागत प्रयोजन एवं वित्तीय प्रणालीको नियमन, सुपरिवेक्षण र पारदर्शिता सम्बन्धमा अध्ययन गरी सुझाव दिने उल्लेख छ । कार्यदलले २९ वटा सहकारीलाई समस्याग्रस्त तोकेको छ ।

समितिको कार्यावधि ३ महिना तोकिएको छ । समितिले ’सहकारी संस्थाहरूमा देखिएको सङ्कट तथा यससँग जोडिएको कानुनी र संस्थागत प्रयोजन एवं वित्तीय प्रणालीको नियमन, सुपरिवेक्षण र पारदर्शिता सम्बन्धमा अध्ययन गरी सुझाव दिनेछ ।

त्यस्तै समस्यामा परेका सहकारी संस्थाका बचतकर्ताको बचत रकमको सुरक्षा गर्न, जोखिममा रहेको तथा दुरुपयोग भएको बचत रकम छिटो र सहज ढङ्गले फिर्ता गर्न सकिने उपायका सम्बन्धमा अध्ययन गरी सिफारिस गर्ने उल्लेख गरिएको छ ।

यस्तो छ समितिको कार्यादेश