No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

मिस्टर एण्ड मिस स्टार चितवन २०१९ को प्रथम अडिशन चितवनमा सम्पन्न

अविस अधिकारी
काठमाडौं । मिस्टर एण्ड मिस स्टार चितवन २०१९ को प्रथम अडिशन आइतबार चितवन भरतपुरको पानारोमा गार्डेनमा सम्पन्न भएको कार्यक्रम आयोजक प्रमुख सरिता आचार्यले जानकारी दिइन् ।

कार्यक्रममा ४१ जना प्रतिस्पर्धी सहभागी थिए भने प्रमुख निर्णायकका रुपमा मीना झा थिइन् । अन्य दुइ निर्णायक रवि अधिकारी र मौसुमी दत्त रहेका थिए ।

मिस्टर एण्ड मिस स्टार चितवन २०१९ मा बिशेष गरी १६ देखि ३० वर्ष उमेरका युवा युवतीहरुले सहभागी जनाएका थिए । सहभागी प्रतिशप्रधीहरुले आफ्ना अन्य कला तथा ट्यालेन्ट प्रस्तुत गरेका थिए ।

यस कार्यक्रमको दि क्यानन् स्टुडियो चितवन र आइ टि सि इन्टरनेशनल ब्युटी पार्लरले स्पोन्सर गरेको थियो भने फोटो तथा भिडियो ग्राफी विकाश सापकोटा (अविरल) गरेका थिए ।

नेपालमै पहिलो पटक फरक र पृथक शैलीमा यस इभेन्टलाई सफल बानाउने आयोजक संस्थाको दावी रहेको छ ।

प्रकाशित: ५ आश्विन २०७६, आईतवार १७:०८
Comments
Loading...