No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

इङ्ल्यान्डको नयाँ प्रशिक्षकमा क्रिस सिल्भरउड नियुक्त

  • 2
  •  
  •  
  •  
  •  
    2
    Shares

लन्डन, २० असोज (रासस-एएफपी) – इङ्ल्यान्ड क्रिकेट टिमको नयाँ मुख्य प्रशिक्षकमा ४४ वर्षीय क्रिस सिल्भरउड नियुक्त हुनुभएको छ । गत महिना आफ्नो करार सकिन लाग्दा मुख्य प्रशिक्षक ट्रेभोर बेलिसले राजिनामा दिनुभएको थियो ।

क्रिसले विगत दुई वर्षदेखि बेलिसको नेतृत्वमा इङ्ल्यान्ड टिमको तिब्र गतिको बलिङसम्बन्धी प्रशिक्षकको भूमिका निर्वाह गरिरहनु भएको थियो ।

सिल्भरउडको नेतृत्वमा इङ्ल्यान्डले पहिलो प्रतियोगिता न्यूजिल्यान्डसँग हुनेछ । न्यूजिल्यान्डमा आगामी नोभेम्बरमा हुने यस शृंखलामा टी२० को पाँच खेल र दुई वटा टेस्ट हुनेछन् ।

इङ्ल्यान्ड टिमको प्रशिक्षकका लागि पूर्व भारतीय तथा दक्षिण अफ्रिकी प्रशिक्षक ग्यारी कस्र्टन र सरेका क्रिकेट निर्देशक अलेक स्टेवार्ट पनि प्रतिस्पर्धामा हुनुहुन्थ्यो, तर अस्ट्रेलियाली बेलिसले इङ्ल्यान्ड टिमको प्रशिक्षक बन्ने मौका पाउनुभएको हो ।

इङ्ल्यान्ड क्रिकेट टिमका व्यवस्थापन निर्देशक आस्ले जाइल्सले इङ्ल्यान्डको टिमलाई अघि बढाउन बेलिसको नियुक्ति निकै महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले इङ्ल्यान्डको टेस्ट टिमका कप्तान जो रुट र एकदिवसीय एवं टी२० टिमका कप्तान इओन मोर्गनसँग बेलिसको सम्बन्ध अत्यन्त घनिष्ट रहेकाले पनि इङ्ल्यान्ड टिममा मनोबल उच्च बनेको प्रतिक्रिया दिनुभयो ।

नवनियुक्त प्रशिक्षक सिल्भरउडले नयाँ कार्यभार सम्हाल्न आफू उत्साहित रहेको बताउनुभएको छ । इङ्ल्यान्ड टिममा प्रतिभाशाली खेलाडीहरु रहेका र त्यसलाई अझ समुन्नत बनाउन सकिने पनि उहाँले बताउनुभयो ।

इङ्ल्यान्डले गत जुलाईमा पहिलोपटक एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेर इतिहास बनाएको थियो । तर अस्ट्रेलियासँगको पछिल्लो टेस्टमा २–२ को बराबरी खेल्न बाध्य भएको थियो ।
––

Comments
Loading...