No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

राजनीतिक नेताहरूलाइ कृष्ण केसीका ७ सुझाव

  • 7
  •  
  •  
  •  
  •  
    7
    Shares

बडादशैंमा छचल्किएका कृष्ण केसीका अनुभूतीः राजनीतिक नेताहरूलाइ ७ सुझाव

१. राष्ट्रसेवा, जनसेवा, समाज सेवामा निर्सत जुटनै पर्छ ।

२. सिद्दान्तनिष्ठ, कर्तव्यनिष्ठ, जनमुखी र पार्टीप्रति वफदार हुनै पर्छ ।

३. जीवन पारदर्शी र सम्पति सार्वजनिक हुनै पर्छ ।

४. व्यक्तिवाद, परिवारवाद, नातावाद, गुटवाद, जातिवादबाट मुक्त हुनै पर्छ ।

५.अन्य राष्ट्रहरूसितकाे सम्बन्ध सहज र मित्रवत हुुनै पर्छ ।

६. भ्रष्टचार, अनैतिक र गैरजिम्मेवार क्रियकलापबाट टाढा रहनै पर्छ ।

७. गल्ती, कमजाेरीहरू स्विकार्न, सच्याउन, सुर्धान ध्यान दिनै पर्छ ।

राजनीतिक नेताहरूले यी सातवटा कुरा बाहेक अरू सबै गर्न पाइन्छ भन्न खाेजेकाे हाेइन । बरू मैले स्वयं महसुस गरेकाे र नेपालका राजनीतिक नेताहरूबाट सिकेकाे कुरा के हाे भने रहस्यकाे पर्दा कुनै न कुनै दिन खुल्छ वा षडयन्त्रकाे तानबाना ढिलाेछिटाे पर्दाफास हुुन्छ । याे चुराे कुरा नबुझ्ने मानिस बिरलै हाेलान् ।

वास्तवमा राजनीति भनेकाे नेताहरूकाे नाफा मुलक, स्वार्थमुलक पेशा हाेइन, राष्ट्र र जनताकाे सेवामुलक, उच्च कर्म हाे भनेर पुष्टि गर्ने जिम्मेवारी नेताहरूकाे हाे । नेपालका राजनीतिक नेताहरूले याे जिम्मेवारी वहन गर्न नसकेकै कारण नेपाली जनताले पटकपटक सङकट झेल्नु परेकाे छ ।

लुकेकाे भित्रि सत्य के हाे भने नेताहरू सबैलाइ हतार छ महान बन्ने, हतार छ सर्वशक्तिमान बन्ने, हतारछ राष्ट्रप्रमुख, सरकार प्रमुख बन्ने, हतार छ जननेता, राजनेता बन्ने । सायद कसैसित धैर्यता छैन्, त्यसैले ती मानिस मात्र महान, सर्वशक्तिमान, राष्ट्रप्रमुख, सरकार प्रमुख, जननेता, राजनेता वा युगद्रष्टा बन्ने छन्, जाे सिद्दन्तिनष्ठ, कर्तव्यनिष्ठ बनेर निर्सत राष्ट्रसेवा, जनसेवा, समाज सेवामा श्रेष्ठता प्रदर्शन गर्दछन्…याे कपाेल्कल्पित तर्क हाेइन, नेपालकाे राजनीतिक इतिहासले सुम्पेकाे मुख्य जिम्मेवारी हाे……

Comments
Loading...