No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

विधेयक प्रमाणीकरणको प्रक्रियामा संकट, सभामुख चयनको प्रक्रिया कसरी, कहिले अगाडि बढ्ला ?

  • 2
  •  
  •  
  •  
  •  
    2
    Shares

काठमाडौँ, २२ असोज । संघीय संसदका सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि नयाँ सभामुख निर्वाचनको विषयले चर्चा पाएको छ ।दशैं विदामा पनि यसबारेमा सत्तारूढ नेकपाका नेताहरू वीच अनौपचारिक छलफल भएका छन ।

नयाँ सभामुख चयन नियमित वा विशेष अधिवेशनमा गर्ने भन्नेबारे परामर्शमा नेकपा नेताहरू भित्र भित्रै सक्रिय भएको छन । अधिवेशन र पात्रबारे अनौपचारिक परामर्श भने सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चलाएको छ । सभामुखबाट महराले दिएको राजीनामापछि सभामुख रिक्त छ ।

संवैधानिक व्यवस्था अनुसार, सभामुख वा उपसभामुख फरक राजनीतिक दलको हुनुपर्छ । सभामुख वा उपसभामुखमध्ये एक फरक लिङ्गको हुनुपर्ने पनि संवैधानिक व्यवस्था नै छ । अहिले उपसभामुख तत्कालीन एमालेबाट निर्वाचित भएकी डा. शिवमाया तुम्बाहाङ्फे छिन् ।

यसअघि सभामुखमा माओवादी केन्द्रबाट महरा उम्मेदवार बनेका थिए । दुई दल एकीकृत भएपछि विपक्षी दलले पुनः निर्वाचनको माग गरे पनि सशक्त कार्यसूची भने बनाउन सकेको थिएन ।

अबको समीकरण अनुसार उपसभामुखमा तुम्बाहाङ्फेलेलाई निरन्तरता दिएमा सभामुख नेकपाले पाउने छैन । अन्य दललाई सभामुख दिन नेकपाले नचाहेमा उपसभामुखको राजीनामा अनिवार्य छ ।

नेकपाका नेताहरूले भने पात्र र सभामुख चयनको मितिबारे औपचारिक रूपमा कुनै पनि छलफल नभएको बताउदै यसबारेमा चुप छन । । अब सभामुख चयनको प्रक्रिया दलीय सहमतिमा नै अघि बढ्ने नेताहरूले बताउने गरेका छन  । व्यक्तिबारे कुनै छलफल गरेका छैनौँ  भने पनि भित्री रस्साकस्सी भने सुरू भैसक्या छ । सम्भवतः अब अर्को अधिवेशनमा नै सभामुख चयन प्रक्रिया अगाडि बढ्छ ।

तर, सङ्घीय संसद्को चौथो अधिवेशनमा पारित भएका केही विधेयक प्रमाणीकरणको प्रक्रियामा छन् । ती विधेयक राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पठाउनुअघि सभामुखले प्रमाणित गर्नुपर्ने व्यवस्था छ । सभामुख नहुँदा तत्काल प्रमाणीकरण हुनुपर्ने विधेयक भने अगाडि बढ्न सक्ने अवस्था छैन । यो परिस्थितिअनुसार भने विशेष अधिवेशनबाट पनि सभामुखको चयनको प्रक्रिया अगाडि बढ्ने सम्भावना रहन्छ ।

Comments
Loading...