No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

जर्मनीको हेलमा गोली चल्यो, २ जनाको मृत्यु

  • 1
  •  
  •  
  •  
  •  
    1
    Share

अमेरिकी हवाई आक्रमणमा तीस सर्वसाधारणको मृत्यु

२२ असोज (रासस एएफपी) पश्चिमी अफगानिस्तानमा अमेरिकाले गरेको हवाई आक्रमणमा परी कम्तीमा ३० सर्वसाधारण मारिएका छन् । सो आक्रमणमा परी ३९ सर्वसाधारण हताहत भएका संयुक्त राष्ट्रसंघले बुधबार जानकारी दिएको छ ।

अफगानिस्तानमा संयुक्त राष्ट्र सहायता मिसन (युएनमा) ले प्रकाशन गरेका विज्ञप्तिमा यस आक्रमणमा परी ३९ व्यक्ति हताहत भएका बताएको छ । जस मध्ये ३० मारिएका हुन ।
हताहत भएका यी व्यक्तिहरुमा १४ बालबालिका र एक महिला रहेका पनि सो विज्ञप्तिमा जनाइएको छ ।

जर्मनीको हेलमा गोली चल्यो, २ जनाको मृत्यु

बर्लिन, २२ असोज (रासस-एएफपी) – जर्मनीको हेल नगरमा बुधबार भएको गोलीकाण्डमा कम्तीमा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले गोली चलाउने व्यक्तिको खोजी कार्यलाई तिब्र बनाएको छ ।

प्रहरीले ट्वीट गर्दै गोली चलाउने व्यक्तिहरु कारमा चढेर फरार भएका र उनीहरुको खोजी कार्य तिब्र बनाइएको जनाएको छ । हेल नगरको रेलवे स्टेसन बन्द गरिएको छ भने मानिसहरुलाई घरबाहिर ननिस्कन प्रहरीले अनुरोध गरेको छ ।

उक्त घटनाको कुनै पनि व्यक्ति वा समूहले जिम्मेवारी लिएको छैन ।

बिल्ड दैनिक अखबारका अनुसार पालस जिल्लाको एक यहुथी प्रार्थनागृह अघिल्तिर उक्त गोलीकाण्ड भएको छ । यहुदीको समाधिस्थलतर्फ एउटा हाते ग्रिनेड पनि फालिएको अखबारले स्थानीयको भनाई उद्धृत गर्दै जनाएको छ ।
––––

Comments
Loading...