No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सबै नेपालीलाई करोडपति बनाउन गाँजाखेती गर्नुपर्छः सांसद स्थापित

  • 14
  •  
  •  
  •  
  •  
    14
    Shares
प्रशान्तजंग पाण्डे ।
काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टीका प्रदेश ३ का सांसद केशव स्थापितले नेपाली जनतालाई करोडपति बनाउने योजना सार्वजनिक गरेका छन ।
नेकपाकै अर्का सांसद केशवराज पाण्डलेले शुक्रबार काठमाडौंको गोंगबुमा आयोजना गरेको चियापान कार्यक्रममा सांसद स्थापितले नेपाली जनतालाई करोडपति बनाउने आफ्नो योजना सार्वजनिक गरेका हुन।
उनले नेपालको पाखाबारीमा गाँजाखेती गरेर हरेक नेपालीलाई करोडपति बनाउन सकिने बताए । सांसद स्थापितले नेपालमा जनता धनी भएको देख्न नचाहने तत्वले गाँजालाई सामन्तिको अवशेष बनाएको बताए ।
उनले गाँजा धेरै प्रकारका रोगका लागि औषधि समेत भएकाले यसमाथिको प्रतिबन्ध देखेर आफू अचम्मित बनेको बताए ।
उनले सँगै रहेका अन्य सांसहरुलाई पनि गाँजामाथिको प्रतिबन्ध फुकुवा गरेर नेपाली जनतामाथि न्याय गर्न कानुन बनाउन सहयोग गर्न अनुरोध गरे ।
उनले नेपाली जनतालाई गाँजा खा नभन्ने तर उत्पादन गर्न दिनुपर्ने बताए । उनले गाँजा औषधि बनाउनमात्र प्रयोग गरे पनि खर्बौ रुपैयाँ आम्दानी गर्न सकिने बताए ।
दैनिकी डटकमबाट साभार
https://www.facebook.com/thedainiki/videos/591063704984383/
Comments
Loading...