No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

बलिउड स्टार गोविन्दा पत्नीको साथ नेपालमा

  • 10
  •  
  •  
  •  
  •  
    10
    Shares

काठमाडौं । बलिउड स्टार गोविन्दा पत्नी साथ नेपाल आएका छन् । वीरगञ्जमा हुन गइरहेको नेपाली फिल्म फेस्टिभलमा सहभागी हुन मंगलबार काठमाडौं आइपुगेका हुन् ।

गोविन्दाको साथमा पत्नी सुनिता पनि आएकी छिन् । गोविन्दाकी पत्नी सुनिताकी आमा काठमाडौंको साखुकी हुन् । नेवार समुदायकी आमाकी छोरी सुनिता नेपाली प्रष्ट बोल्छिन् ।

बलिउड स्टार गोविन्दाले विमानस्थलमा पत्रकारहरुका सामु भने, ‘अलिअलि नेपाली बुझ्छ् ।’उनी प्रत्येक वर्ष पशुपतिनाथको पूजाअर्चना गर्न आउने गर्छन् । सुनिताले भनिन्, ‘हरेक वर्ष पशुपतिनाथको दर्शन गर्न आउँछौं ।’गोविन्दालाई बलिउडका सदावहार नायक भनिन्छ । उनले धेरैवटा सुपरस्टार चलचित्रमा अभिनय गरेका छन् ।

Comments
Loading...