No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

हनीप्रीत जेलबाट बाहिर निस्कदा भव्य स्वागत

  • 19
  •  
  •  
  •  
  •  
    19
    Shares

काठमाडौं । गुरमीत राम रहीमकी धर्मपुत्री हनीप्रीत अम्बाला जेलबाट निस्केकी छन् । बलात्कारको आरोपमा कारागार सजाय काटिरेहका गुरमीत राम रहीमकी धर्मपुत्री हनीप्रीतलाई पंचकूला हिंसा र दंगामा जमानत दिइएपछि उनी अम्बाला जेलबाट निस्केकी हुन् ।

जेलबाट बाहिर निस्केपछि उनी सीधै सिरसास्थित डेरा सच्चा सौदा आश्रम पुगिन् । हनीप्रीतको एक झलक पाउनका लागि डेरा समर्थकहरू लाइन लागेर उभिएका थिए । त्यहाँ उनको भव्य स्वागत भयो ।
यसक्रममा हनीप्रीतले मिडियासँग कनै कुराकानी नगरिकन् सीधै डेराको प्रमुख कार्यालय गइन् ।
पंचकूला हिंसामा जमानत पाएपछि बेलुका पौने ६ बजे जेलबाट निस्कने सबै औपचारिकता पूरा गरेर उनलाई बाहिर पठाइयो । जेलबाट बाहिर निस्केपछि उनी भाइ साहिलसँग डेराको प्रमुख कार्यालय गएको जेल अधिकारीहरूले जानकारी दिए।

यसअघि पंचकूलाको सीजेएम अदालतले हनीप्रीतलाई पंचकूला हिंसा र दंगाको मुद्दामा जमानत दिएको थियो । हनीप्रीत विगत दुई वर्षदेखि अम्बालाको सेन्ट्रल जेलमा बन्द थिए । सुनुवाइपछि हनीप्रीतका वकिल आरएस चौहानले हनीप्रीतको जमानत निवेदन स्वीकार गरिएको पुष्टि गर्दै जमानतका लागि एक लाख भारुको बोन्ड भरिएको बताए । अम्बाला प्रहरीले उनलाई कुरुक्षेत्र सीमासम्म लग्यो । त्यसपछि उनी प्रहरी सुरक्षा नलिई नातेदारहरूसँग गइन् ।

एजेन्सी

Comments
Loading...