No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

‘स्वर्णिम चलचित्र महोत्सव’ राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा उद्घाटन

  • 14
  •  
  •  
  •  
  •  
    14
    Shares

पर्सा । वीरगञ्जमा चलचित्र निर्माता संघले आयोजना गरेको ‘स्वर्णिम चलचित्र महोत्सव’ राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन् । वीरगञ्जमा बिहीबारदेखि ‘स्वर्णिम चलचित्र महोत्सव’ सुरु भएको छ ।


महोत्सव उद्घाटनअघि चलचित्र कलाकारहरु प्रभातफेरिमा सहभागी भएका थिए । घण्टाघरबाट सुरु भएको प्रभात फेरि रंगशालासम्म पुगेको थियो । प्रभातफेरीमा वरिष्ठ कलाकार बलिउडका चर्चित अभिनेता गोविन्दा, नेपाली चलचित्रका नायक एवं अभिनेता शिव श्रेष्ठ, भुवन केसी, राजेश हमाल, नीर शाह, नायिका करिश्मा मानन्धर, गौरी मल्ल, निरुता सिंह, अनमोल केसी, प्रदीप खडका, नायिका पल शाह, केकी अधिकारी, साम्राज्ञी राज्यलक्ष्मी शाहका साथै नेपाली चलचित्र क्षेत्रसँग जोडिएका अन्य विधाका हस्ती पनि सहभागी भए ।

२१ देखि २३ गतेसम्म चल्ने नेपाली चलचित्र स्वर्णिम महोत्सव चल्ने महोत्सव आयोजक मूल समारोह समितिले जनाएको छ।महोत्सवको समापन २३ गते प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले गर्नेछन् ।

Comments
Loading...