No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

‘अभियुक्तकोतर्फबाट पूर्वमहान्यायाधिवक्ताहरुले बहस नगर्नु नै राम्रो हुन्छ’

  • 4
  •  
  •  
  •  
  •  
    4
    Shares

डा.युवराज संग्रौला
वकिलहरुको पहिलो दाइत्व न्यायको रक्षाद्वारा समाजको सुरक्षा गर्नु हो । यसको इतिहास लामो छ । यो राज्यको अपरिहार्य निकाय हो । यसका नैतिक आचारण छ्न्, के गर्न हुन्छ के गर्न हुन्न सबै नियम र सिद्धान्त छन् ।

१. जब कुनै वकिलले बहस गर्छ, उसले न्यायलाई आफना निधारमा राखेर बोल्छ । अभियुक्तले पनि वकिल पाउँछ, किनकी न्याय त्रुटिपूर्ण हुनुपर्छ । त्यसैले अभियुक्तका वकिललाई गाली गर्नु हुन्न ।

२. मैले महान्यायाधिवक्ताबाट बाहिर आउँदा नै प्रतिबद्धता जाहेर गरें । म अब उप्रान्त फौजदारी मुद्दामा अभियुक्त तर्फबाट मुद्दा बहस गर्दिन, किनकी राज्यको तर्फबाट राज्यको पहिलो वकिल भएपछि, राज्यको त्यो सम्मान कायमै राख्नु राम्रो हुन्छ भन्ने मलाई लाग्यो। त्यसैले म पीडितहरुको तर्फबाट मात्र बहस गर्छु । मेरो सेवा निःशुल्क हुन्छ ।

३. मेरो अनुरोध मात्र हो, इच्छा मित्रहरुकै हो, यस्ता मुद्दामा अभियुक्तकोतर्फबाट पुर्वमहान्यायाधिवक्ताहरुले बहस नगर्नु राम्रो हुन्छ जस्तो लाग्छ । किनकी उसलाई सरकारका कागजातहरु, यस मुद्दामा भएका राज्यका जानकारीहरु थाहा हुन्छन्। आफैं मुद्दा पनि चलाउने फेरि पीडित र राज्यका विरुद्ध लड्ने कुरा राम्रो हुँदैन ।

४. नेपालमा पीडितहरुको हालत हेर्दा धेरै पीडा हुन्छ ।

५. तर बिस्तारै बिस्तारै युवा वकिलहरु अगाडि आउँदैछन् ।

Comments
Loading...