No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

आफ्नो जमिन खोलाले बगाएपछि खोलालाई मुद्दा !

  • 13
  •  
  •  
  •  
  •  
    13
    Shares

काठमाडौं । शुक्रबारबाट चलचित्र घामड शेर आफ्नो प्रदर्शन आरम्भ गरेको छ । रियल लाइफ जोडी निश्चल(स्वस्तिमाले पूर्ण चलचित्रमा पहिलो पटक स्क्रिन सेयर गरेका हुन् । चलचित्रमा उनीहरुलाई साली भेनाको रुपमा चित्रण गरिएको छ ।

चलचित्र हेमराज बिसीको निर्देशनमा बनेको चलचित्र घामड शेरेमा निश्चल बस्नेत र स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको छ । यो फिल्ममा सुष्मा निरौला, गौरी मल्ल, बादल भट्ट, लोकन्द्र लेखक, सरोज अर्यालसहितका कलाकारको अभिनय छ। फिल्मका निर्माता सिमोस सुनुवार, हेमराज बीसी र नरेन्द्रविक्रम बुढाक्षत्री हुन्।

सामाजिक विषयवस्तुलाई प्रस्तुत गरिएको यस चलचित्रमा निश्चललाई घामड शेरेको अवतारमा देखाइएको छ । निश्चलले आफ्नो जमिन खोलाले बगाएपछि खोलालाई मुद्दा हालेको प्रसंगलाई चलचित्रमा रमाइलो तरिकाले देखाइएको छ ।

Comments
Loading...