No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

‘जीवन काँडा कि फूल’ ?

  • 12
  •  
  •  
  •  
  •  
    12
    Shares

काठमाडौं । चलचित्र ‘जीवन काँडा कि फूल’ रिलिज भएको छ । मदन पुरस्कार बिजेता साहित्कार झमक घिमिरेको जीवनीमा आधारित रहेर निर्माण भएको चलचित्र ‘जीवन काँडा कि फूल’ शुक्रबारबाट रिलिज भएको हो ।

साहित्यकार झमक घिमिरेको मदन पुरस्कार प्राप्त कृति जीवन काँडा कि फूलमा आधारित चलचित्र ‘जीवन काँडा कि फूल’ विनोद विष्टले निर्माण तथा निर्देशन गरेका हुन् । यस चलचित्रले झमकको बाल्यकालदेखिको जीवन भोगाईलाई प्रस्तुत गरेको छ । यो फिल्ममा झमक सानो छँदाको भूमिकामा सिलगुडीकी अवस्था थापा र ठूला हुँदाको भूमिका काठमाडौंकी रोजिता बुद्धचार्यले अभिनय गरेका छन् ।

त्यस्तै अन्य कलाकारहरुमा स्वीकृति शर्मा,सारिका घिमिरे,किसन सुनार,उमा गिरी,मेनुका प्रधानलगायत ३० भन्दा बढी कलाकारको अभिनय रहेको छ । झमक घिमिरेको कथा, मुक्ति उपाध्याय बरालको पटकथा रहेको फिल्ममा झमक र प्रकाश शिवाकोटीको गीत रहेको छ । प्रकाशकै संगीत रहेको गीतमा जुनु गौतम, सविता गजमेर, मीना निरौलाको स्वर रहेको छ । नृत्य निर्देशक कमल राई रहेका छन् ।

Comments
Loading...