No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सरकार कानुनी राज्य कायम गराउन असफलः अध्यक्ष लोहनी

  • 5
  •  
  •  
  •  
  •  
    5
    Shares

काठमाडौं । एक महिना लामो संयुक्तराज्य अमेरिकाको भ्रमण सकेर राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका अध्यक्ष डा प्रकाशचन्द्र लोहनी शुक्रबार स्वदेश फर्केका छन् ।

स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष लोहनीले अनावश्यक रुपमा प्रदेश प्रमुख परिवर्तन गरेर सरकारले दम्भ देखाएको बताए ।

सरकार कानुनी राज्य कायम गराउन असफल भएको भन्दै दण्डहीनता वढदै जानु चिन्ताको विषय भएको उनले बताए ।

अर्को प्रसंगमा उनले मंसिर १४ मा हुने उपचुनावमा आफूहरुले सवै रिक्त स्थानमा उमेदवारी दिनुका साथै कार्तिक २८ देखि मंसिर४ सम्म जनकपुर लुम्बिनी धार्मिक यात्रालाई सफल वनाउन सवैमा अनुरोध गरे ।

Comments
Loading...