No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

एमसीसी सँगको तीन दिवसीय क्रिकेट खेलमा नेपाल २०८ रनले पराजित

  • 7
  •  
  •  
  •  
  •  
    7
    Shares

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा मेरिलेबोन क्लब (एमसीसी) सँगको तीन दिवसीय क्रिकेट खेलमा नेपाल २०८ रनले पराजित भएको छ ।
मैदानमा ३९३ रनको विशाल लक्ष्य पछ्याउँदै दोस्रो पारी थालेको नेपालले ४०.३ ओभरमा सबै विकेटको क्षतिमा १८४ रनमात्रै बनाउन सक्यो ।

सोमपाल कामीले ५१, राजु रिजालले ३१, सन्दीप लामिछानले २५ रन, आरिफ शेखले १९, करण केसीले १८ र शरद भेषावाकरले १५ रन जोडे ।
पाँचौं ओभरमा २४ रन हुँदा पहिलो विकेटको रुपमा कप्तान ज्ञानेन्द्र व्यक्तिगत ६ रनमा गुमाएको नेपालले १०.२ ओभरमा ५२ रन जोड्दा राजुलाई गुमाएको थियो । ५७ रन जोड्दा शरद आउट भएपछि नेपाल दबाबमा आएको थियो ।

शुक्रबार नै एमसीसीले ३६ ओभरमा ६ विकेट गुमाएर १८१ रन बनाएर नेपाललाई नेपाललाई ३९३ रनको लक्ष्य दिएको घोषणा गरेको थियो । दोस्रो पारीमा एमसीसीका विली गोडलम्यानले ३९, टम वेष्टलीले ३४ तथा एड योङले ३१ रन बनाए । नेपालका करण केसीले ३ विकेट लिए । पहिलो पारीमा खराब प्रदर्शन गर्दै नेपालले १५३ रनमा सबै विकेट गुमाएको थियो ।

Comments
Loading...